Skip to content
DYC logoDivine Youth Club Nepal
Event

Art Competition on the Theme: “Shree Krishna and His Leelas”

Aug 11, 2025, 9:00 AMShyama Shyam Dham,Thimi,Bhaktapur

Moments from the event

1 image

Timing: 26th Shrawan, 2082, 8:00 AM - 1:00 AM

Address: Shyama Shyam Dham,Thimi,Bhaktapur
Contact us: (+977) 9803070726, 016630059  or info@dycn.org Registration Deadline: 22th Shrawan,

Note: Participant must  complete their art with in 5hr30min. 
You will be selected in art competition by the art work  you will send. 
You must have to  make the Art related with the divine leelas of Lord Krishna through creative expression 
.  

Programme overview

Highlights of Art Competition on the Theme: “Shree Krishna and His Leelas”

अवधारण पत्र (Concept Paper)

राधे                                                                   राधे

कृपालुं वंदे जगद्‍गुरुम

श्री कृष्णजन्माष्टमीको पुनित उपलक्ष्यमा

चित्रकला प्रतियोगिता, २०८२

कार्यक्रमको रुपरेखा:

अनन्तकोटी ब्रह्माण्ड नायक भगवान श्री कृष्णको प्राकट्य दिवस- श्री कृष्णजन्माष्टमी को शुभउपलक्ष्यमा श्री विद्वत समाज नेपालद्वारा चित्रकला प्रतियोगिताको आयोजना गर्ने ।

 

प्रतियोगी कलाकारहरु:- कला विषयमा स्नातक तह पुरा गरेको वा सो तहमा अध्ययनरत विद्यार्थीहरु करिव २० जना ।

प्रतियोगिताको लागि योग्यताः

  • ललितकला सम्बन्धी विषयमा स्नातकतहसम्म अध्ययनरत विद्यार्थी वा सो सरहका चित्रकारहरु यस प्रतियोगितामा सहभागी हुन योग्य मानिने छन्।
  • यस सम्बन्धमा आयोजकको निर्णय अन्तिम हुने छ।

 

प्रतियोगिता हुने मिति:- २०८२ श्रावण २६ गते सोमबार ।

प्रतियोगिताको समयः

  • सबै प्रतियोगीहरु आइपुग्नु पर्ने समयः बिहान ८:०० बजे
  • प्रतियोगिताको अवधि: बिहान ९:०० बजेदेखि दिउँसो २:३० बजेसम्म।

प्रतियोगिता हुने स्थान:- श्री भक्ति मन्दिर परिशर, श्यामा श्याम धाम, ठिमी राधे राधे चोक नजिक।

पुरस्कार विवरणः- प्रतियोगीहरुबाट प्राप्त चित्रहरुलाई विज्ञ मूल्याङ्कनकर्ताहरुको कमिटीबाट मूल्याङ्कन गरिने छ। प्रस्तुत भएका चित्रकलाहरु मध्येबाट

  • प्रथम स्थान प्राप्त गर्ने लाई रु. १०,०००।- नगद र प्रमाण पत्र
  • द्वितीय स्थान प्राप्त गर्ने लाई रु. ७,०००।- नगद र प्रमाण पत्र
  • तृतीय स्थान प्राप्त गर्ने लाई रु. ५,०००।- नगद र प्रमाण पत्र
  • एक जनालाई सान्त्वना पुरस्कार स्वरुप रू. ३,०००/- नगद र प्रमाणपत्र प्रदान गरिने छ।

 

प्रतियोगिताको समग्र आयोजना, समन्वय र सम्पर्कः श्री राधा माधव समिति अन्तर्गत विद्वत् समाज नेपाल र डिभाइन युथ क्लब नेपाल, श्यामाश्याम धाम, ठिमी।

सम्पर्क व्यक्तिः

  • श्री महेन्द्र बहादुर गुरुङ, संयोजक, विद्वत समाज नेपाल (मो. नं. ९८५११ ५०१११)
  • श्री सुशील जि.सी., संयोजक, डिभाइन युथ क्लब नेपाल   (मो.नं. ९८४०७ ५६८९६)

 

प्रतियोगिताको शिर्षकः भगवान् श्री कृष्णका दिव्य लीला

प्रतियोगिताको तरिका:- भगवान श्री कृष्णको दिव्य लीलालाई आफ्नो भक्ति भावना र सिर्जनाशिलतामा आधारित रहेर रंग, कुची प्रयोग गरी प्रतियोगिता आयोजना हुने स्थानमा स्थलगत रुपमा चित्रकला तयार गर्ने ।

 

प्रतियोगितामा सहभागी चित्रकारहरुले ध्यान दिनु पर्ने कुराहरुः

  • चित्रकला पूर्णतम् पुरुषोत्तम भगवान श्री कृष्णको जीवनी, बाल्य लीला, किशोर लीला, वैदिक जीवनदर्शन ग्रन्थ गीता वा महाभारतसंग सम्बन्धित हुनु पर्ने छ
  • भगवान श्री कृष्ण र सुदामा लगायत गोपीहरुसंगको सख्यभाव, माता यशोदासंगको वात्सल्यभाव, गोपिनीहरुसंगको प्रेमभाव जस्ता भावहरुलाई समेट्न सकिने छ।
  • चित्रकला नकारात्मक अर्थ लाग्ने हुनु हुँदैन।
  • अन्य सम्प्रदाय वा जाती विशेषप्रति कुनै नकारात्मकता देखिने वा अर्थ लाग्ने हुनु हुँदैन।
  • अन्य असान्दर्भिक विषय रहनु हुँदैन ।
  • प्रतियोगी चित्रकारहरुका लागि ५ घण्टा ३० मिनेटको समय उपलव्ध गराइने छ। सो अवधिभित्र प्रतियोगी चित्रकारले आफूले कोरेको चित्र तयार गरी बुझाउनु पर्नेछ। थप समय प्रदान गरिने छैन।

·       चित्रकला बनाउनका लागि कागज (क्यानभास) र रंगहरु आयोजकबाट उपलब्ध हुने छ; अन्य आवश्यक पर्ने पेन्सील, कुची (Brush) लगायतका सामग्री कलाकार आंफैले लिई आउनु पर्ने छ ।

·       प्रतियोगिताबाट प्राप्त चित्रहरुको मूल्याङ्कनका एक मूल्याङ्कन कमिटी गठन गरिने छ। सो मूल्याङकन समितिको मूल्याङ्कन निर्णय अन्तिम हुने छ।

·       प्रतियोगी हुन ईच्छुक कलाकारहरुले उक्त चित्रकला प्रतोयिगितामा सहभागी हुनका लागि मिति २०८२ श्रावण २२ गते भित्रमा सहभागिताका लागि यस श्यामाश्याम धामद्वारा तयार गरिएको गुगल फारम (Google Form) भरी अनलाइन Submit गर्नु पर्ने छ।

https://forms.gle/9Zia1YYaoDkkpbrz7

 

A qr code with black squares

AI-generated content may be incorrect.

 

·       सहभागिताको लागि आवेदन दिँदा आवेदनका साथ ईच्छुक आवेदकले आफूले हाल अध्ययन गरिरहेको कलेज, विषय र लेभल उल्लेख गर्नु पर्नेछ (कलेजको कुनै प्रमाणपत्र भए अझ बेश)। साथै, हालसम्म आफूले चित्रकला सम्बन्धमा गरेको प्रदर्शनी वा कोरेका चित्रहरुको दुईवटा नमुना चित्रको IMG file संलग्न गर्नु पर्नेछ।

·       प्राप्त चित्रहरुको मूल्याङ्कनको सन्दर्भमा मूल्याङ्कन कमिटीको निर्णय अन्तिम हुने छ।

 

 

Helpful answers

Frequently asked questions