अवधारण पत्र (Concept Paper).
लीला प्रदर्शनी (Leela Exhibition) Concept प्रस्ताव
डिभाइन युथ क्लब नेपाल (DYCN)
१. पष्ठभृ ममू
डिभाइन युथ क्लब नेपालले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा विविध आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। ती कार्यक्रमहरूमध्ये लीला प्रदर्शनी एक महत्वपूर्ण आकर्षण हो, जसले विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई भगवान् श्रीकृष्णका दिव्य लीलाहरूको आध्यात्मिक सन्देशसँग जोड्ने कार्य गर्दछ।
यस वर्षको लीला प्रदर्शनीलाई अझ प्रभावकारी, शिक्षामूलक तथा सन्देशमूलक बनाउने उद्देश्यले नयाँ अवधारणा प्रस्ताव गरिएको छ। यस अवधारणाअनुसार सहभागी विद्यालयहरूलाई भगवान् श्रीकृष्णका फरक–फरक लीला तथा विषयहरू प्रदान गरिनेछ। प्रत्येक विषयसँग सम्बन्धित जगद्गुरुत्तम श्री कृपालु जी महाराजका प्रवचनका मुख्य भाव तथा आध्यात्मिक सन्देश पनि उपलब्ध गराइनेछ, जसका आधारमा विद्यालयहरूले आफ्नो कला, सिर्जना तथा प्रस्तुति तयार गर्नेछन्।
यसरी प्रदर्शनी केवल कलात्मक प्रतिस्पर्धामा सीमित नरही कला, शिक्षा र आध्यात्मिक ज्ञानको समन्वय हुने अपेक्षा गरिएको छ।
२. उद्देश्य
यस प्रदर्शनीका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्–
- भगवान् श्रीकृष्णका दिव्य लीलाहरूको वास्तविक आध्यात्मिक सन्देश समाजसमक्ष प्रस्तुत गर्नु।
- जगद्गुरुत्तम श्री कृपालु जी महाराजका प्रवचन तथा शिक्षालाई विद्यार्थीमार्फत जनमानससम्म पुर्याउनु।
- विद्यार्थीहरूमा सिर्जनशीलता, अनुसन्धान क्षमता, टोलीगत कार्य तथा प्रस्तुतीकरण सीपको विकास गर्नु।
- विद्यालय, विद्यार्थी तथा अभिभावकलाई आध्यात्मिक शिक्षासँग जोड्नु।
- कला तथा सिर्जनालाई भक्तिको माध्यमका रूपमा प्रयोग गर्नु।
३. अवधारणा
यस वर्षको लीला प्रदर्शनरीको मुख्य अवधारणा “एक विद्यालय – एक लीला – एक आध्यात्मिक सन्देश” रहनेछ। यस अन्तर्गत:
• छनोट गरिएका प्रत्येक विद्यालयलाई भगवान् श्रीकृष्णको एउटा निश्चित लीला वा विषय प्रदान गरिनेछ।
• प्रत्येक विषयसँग सम्बन्धित जगद्गुरुत्तम श्री कृपालु जी महाराजको प्रवचनबाट सङ्कलित मुख्य आध्यात्मिक सन्देश उपलब्ध गराइनेछ।
• विद्यालयहरूले सोही सन्देशलाई केन्द्रमा राखी कलात्मक प्रदर्शनी तयार गर्नेछन्।
• प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले आफ्नो सिर्जनासँगै त्यस लीलाको आध्यात्मिक महत्व तथा कृपालु जी महाराजले दिनुभएको सन्देश आगन्तुकहरूलाई व्याख्या गर्नेछन्।
यसरी प्रत्येक प्रदर्शनीले केवल दृश्य प्रस्तुति मात्र नभई ज्ञान, भक्ति तथा जीवनोपयोगी शिक्षाको माध्यमका रूपमा कार्य गर्नेछ।
४. प्रस्ताववत ववषयहरू
अन्तिम विषयहरू समितिको निर्णयअनुसार तय गरिने भए पनि प्रारम्भिक रूपमा निम्न विषयहरू प्रस्ताव गरिएका छन्–
१. श्रीकृष्ण जन्म – देवकी–वासुदेव, कारागार तथा गोकुल प्रस्थानमार्फत भगवान्को दिव्य अवतार रहस्यको प्रस्तुति।
२. बालकृष्ण लीला – गोकुलका बाललीला, माखन चोरी, बालसखा तथा निष्कपट बालभावमार्फत प्रेम र भक्तिको सन्देश।
३. कालिय दमन – कालिय नागमाथि भगवान्को विजयमार्फत अहंकार, क्रोध तथा आन्तरिक विकारमाथि विजयको सन्देश।
४. गोवर्धन लीला – गोवर्धन धारण तथा ब्रजवासीहरूको संरक्षणमार्फत पूर्ण शरणागति, अनन्यता तथा भगवान्प्रतिको अटल विश्वासको सन्देश।
५. वृन्दावन लीला – गोप–गोपी, बाँसुरी तथा वृन्दावनका विविध लीलामार्फत दिव्य प्रेम, भक्ति तथा भगवान्सँगको आत्मीय सम्बन्धको प्रस्तुति।
६. कंस वध – मथुरा गमन तथा कंस वधमार्फत अधर्ममाथि धर्मको विजय र भगवान्को धर्मसंस्थापनाको सन्देश।
७. श्रीकृष्ण–सुदामा चरित्र – निष्काम मित्रता, समानता तथा भक्तिको मूल्य धनभन्दा महान रहेको सन्देश।
८. महारास लीला – गोपीहरूको निष्काम, अनन्य तथा सर्वोच्च दिव्य प्रेममार्फत प्रेमभक्तिको उच्चतम आदर्शको प्रस्तुति।
९. श्रीमद्भगवद्गीता – कर्तव्य, भक्ति र गुरुको मार्ग।
१०. मानव जीवनको परम लक्ष्य – भगवान्प्राप्ति र दिव्य प्रेम।
५. कार्यान्वयन प्रक्रिया
पहिलो चरण
• सहभागी विद्यालयहरूको छनोट।
• विषयहरूको अन्तिम निर्धारण।
• प्रत्येक विद्यालयलाई एक विषय प्रदान गर्ने।
दोस्रो चरण
प्रत्येक विद्यालयलाई विषय तथा आवश्यक अध्ययन सामग्री उपलब्ध गराइनेछ। त्यसपश्चात् विद्यालय स्वयंले निम्न कार्यहरू सम्पन्न गर्ने अपेक्षा गरिनेछ–
• तोकिएको लीलासम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने।
• उपलब्ध गराइएको श्री कृपालु जी महाराजको प्रवचनको आधारमा आध्यात्मिक सन्देश बुझ्ने।
• सोही सन्देशअनुसार प्रदर्शनीको अवधारणा, कला तथा प्रस्तुतीकरण तयार गर्ने।
• विद्यार्थीहरूलाई प्रदर्शनीको व्याख्या तथा प्रस्तुतीकरणका लागि तयारी गराउने।
यदि कुनै विद्यालय वा विद्यार्थीलाई विषयवस्तु बुझ्न वा प्रस्तुतीकरण तयार गर्न कठिनाइ भएमा, डिभाइन युथ क्लब नेपालबाट आवश्यक समन्वय, मार्गदर्शन तथा जानकारी उपलब्ध गराइनेछ।
तेस्रो चरण
• विद्यालयहरूले आफ्नो कला तथा प्रदर्शनी तयार गर्ने।
• आवश्यक परे आयोजक समितिबाट समन्वय तथा मार्गदर्शन उपलब्ध गराइने।
चौथो चरण
श्रीकृष्ण जन्माष्टमीको दिन:
• विद्यालयहरूले आफ्नो प्रदर्शनी प्रस्तुत गर्ने।
• विद्यार्थीहरूले आगन्तुकहरूलाई आफ्नो विषय तथा त्यसको आध्यात्मिक सन्देश व्याख्या गर्ने।
६. आयोजकको भममकाू
डिभाइन युथ क्लब नेपालले:
• विद्यालय छनोट गर्ने।
• विषय निर्धारण गर्ने।
• अध्ययन सामग्री तयार गर्ने।
• विद्यालयहरूसँग समन्वय गर्ने।
• प्रदर्शनी व्यवस्थापन गर्ने।
• कार्यक्रमको समग्र सञ्चालन गर्ने।
७. विद्यालयको भूमिका
सहभागी विद्यालयले:
• तोकिएको विषयअनुसार प्रदर्शनी तयार गर्ने।
• विद्यार्थीहरूलाई अध्ययन तथा तयारी गराउने।
• प्रस्तुतीकरण आध्यात्मिक सन्देशसँग मेल खाने सुनिश्चित गर्ने।
• निर्धारित समयमा प्रदर्शनीमा सहभागिता जनाउने।
८. अपेक्षित उपलब्धि
यस कार्यक्रमबाट:
• विद्यार्थीहरूले भगवान् श्रीकृष्णका लीलाहरूको गहिरो आध्यात्मिक अर्थ बुझ्नेछन्।
• श्रीकृष्ण जन्माष्टमी महोत्सवमा सहभागी हुने २५,००० भन्दा बढी आगन्तुकहरू माझ विद्यार्थीहरूले आफ्ना सिर्जना तथा आध्यात्मिक सन्देश प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्।
• विभिन्न VIP तथा VVIP अतिथिहरूसमक्ष आफ्नो प्रतिभा, अध्ययन तथा प्रस्तुतीकरण प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ।
• विद्यालयहरूलाई सामाजिक तथा आध्यात्मिक उत्तरदायित्वसँग जोडिने उत्कृष्ट मञ्च उपलब्ध हुनेछ।
• विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सार्वजनिक प्रस्तुतीकरण सीपको विकास हुनेछ।
• आगन्तुकहरूले मनोरञ्जन मात्र नभई आध्यात्मिक ज्ञानसमेत प्राप्त गर्नेछन्।
• विद्यालय र समाजबीच सकारात्मक आध्यात्मिक तथा शैक्षिक सहकार्य विस्तार हुनेछ।
• लीला प्रदर्शनीलाई ज्ञान, भक्ति र सिर्जनशीलताको उत्कृष्ट सङ्गमका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।
९. निष्कर्ष
लीला प्रदर्शनी केवल कला प्रदर्शन गर्ने कार्यक्रम होइन, भगवान् श्रीकृष्णका दिव्य लीलाहरूभित्र निहित आध्यात्मिक सत्य तथा जगद्गुरुत्तम श्री कृपालु जी महाराजका अमूल्य शिक्षाहरू समाजसमक्ष प्रस्तुत गर्ने एक सशक्त माध्यम हो।
यस अवधारणाअनुसार प्रत्येक विद्यालयले एउटा लीला मात्र होइन, त्यससँग सम्बन्धित आध्यात्मिक सन्देशलाई पनि आत्मसात् गरी आगन्तुकसमक्ष प्रस्तुत गर्नेछ। यसले विद्यार्थीहरूमा भक्तिभाव, अध्ययनशीलता तथा सिर्जनशीलताको विकास गर्नुका साथै सम्पूर्ण प्रदर्शनीलाई थप व्यवस्थित, उद्देश्यपूर्ण तथा प्रभावकारी बनाउने विश्वास गरिएको छ।
१०. कार्यक्रमका केही झलकहरू


